नियम १४
उत्पत्तिको प्रमाण पत्र जारी गर्ने प्रक्रिया र आधार
: (१) ऐनको दफा २१ को उपदफा (८) बमोजिम संस्था वा सङ्घले उत्पादन गरेका वस्तुहरूको उत्पत्तिको प्रमाण पत्र जारी गर्ने प्रक्रिया र आधार देहाय बमोजिम हुनेछ :-
(क) निर्धारित अनुपातमा मूल्य अभिवृद्धि गरेको सुनिश्चितता सम्बन्धित उत्पादक संस्था वा सङ्घको संयन्त्रबाट गरिएको हुनुपर्ने,
(ख) सम्बन्धित उत्पादक संस्था वा सङ्घबाट उत्पादित वस्तुको गुणस्तर सुनिश्चित गर्न आवश्यक कार्यविधि, जनशक्ति विकास तथा गुणस्तर परीक्षण संयन्त्र स्थापना गरिएको हुनुपर्ने,
(ग) उत्पादनमा प्रयुक्त प्रविधिको अबलम्बन सुनिश्चित गर्न निर्धारित कार्यविधि (म्यानुअल), सदस्य प्रशिक्षा, अभिलेखलगायतका निर्धारकहरू (स्पेशिफिकेशन) को परिपालना हुने गरी सम्बन्धित संस्था वा सङ्घबाट आवश्यक संयन्त्र र प्रक्रियाहरू स्थापित गरिएको हुनुपर्ने,
(घ) सम्बन्धित: उत्पादक संस्था वा सङ्घबाट उत्पादित वस्तुको परिमाण, समय र स्थल अभिलेख एवं प्रमाणीकरण गर्ने भरपर्दो पद्धति लागू गरिएको हुनुपर्ने ।
(२) सम्बन्धित विषयगत केन्द्रीय सङ्घको सिफारिसमा राष्ट्रिय सहकारी महासङ्घले, उत्पत्तिको प्रमाण पत्र जारी गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम उत्पत्तिको प्रमाण-पत्र जारी गर्दा -राष्ट्रिय सहकारी महासङ्घले नेपाल सरकारको सम्बन्धित निकायको मार्गदर्शन पालना गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम उत्पत्तिको प्रमाण-पत्र जारी गर्ने कार्यलाई व्यवस्थित बनाउन राष्ट्रिय सहकारी महासङ्घले स्थलगत परीक्षणलगायतका कार्यहरू समेत गर्ने गरी उपनियम (३) को अधीनमा रही आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ। त्यस्तो कार्यविधि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्नेछ ।